होमपेज / समाज
राम प्रसाद शर्मा जेठ २१,सल्यान
सल्यानको दार्मा गाउँपालिकाले पालिका भित्र बसोबास गर्ने ४७ जनजाती समुदायलाई फिल्टर वितरण गरेको छ । जनजाति विशेष कार्यक्रम अन्तर्गत जनजातिहरुको स्वास्थ्य स्वस्थ्य राख्न भन्दै पालिकाले बुधबार फिल्टर वितरण गरेको हो ।
पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ४७ घरपरिवारलाई फिल्टर वितरण गरिएको दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्लले जानकारी दिनु भयो । स्वस्थ जीवनका लागि शुद्ध पिउने पानी अपरिहार्य रहेको सन्देश प्रवाहका लागि चेतामुलक कार्यक्रम समटेर पानी शुद्ध बनाउने फिल्टर वितरण गरिएको उहाँको भनाई छ । उहाँले भन्नु भयो अहिलेको अवस्थामा शुद्ध पिउने पानी स्वास्थ्यका लागि महत्वपूर्ण भएको महसुस गर्दै सांकेतिक रुपमा चेतनामुलक कार्यका लागि फिल्टर वितरण गरिएको र यसको पूर्ण सदुपयोग गर्न आग्रह गर्दछु ।
पालिकालाई २०८४ सम्म पूर्ण सरसफाई युत्तः पालिका घोषणा गर्ने उद्देश्यले पालिका भित्रका विभिन्न टोलहरुलाई सरसफाई उन्मुख टोल घोषणा गर्दै आइरहेको मल्लको भनाई छ । पूर्ण सरसफाई युक्त पालिका घोषणाको तयारी स्वरुप हालसम्म १८ वटा टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरि सकिएको उहाँले बताउनु भयो ।
शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरेकोमा साह्रै खुशी लागेको स्थानीइ तुलसा रानाले बताउनु भयो । वर्षातको समय नकिकै आइरहेको र वर्षातका समयमा खानेपानीका मुहान समेत धमिलो हुने हुँदा फिल्टरले शुद्ध पानी खान मद्दत पुग्ने उहाँले बताउनु भयो ।





.jpg)