होमपेज / समाज
जेठ १९,सल्यान
सल्यानमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो जिल्लाको शारदा नगरपालिका ७ रामेखोलाबाट सिद्ध कुमाख गाउँपालिकाको ढोरचौर जाँदै गरेको रा १ त ३२४६नम्बरको ट्याक्टरबाट लडेर शारदा नगरपालिका ७ का ५१ वर्षीय दल बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ट्याक्टरबाट झर्ने क्रममा लडेर गम्भीर घाइते थापाको तत्काल उद्धार गरी उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याएको केही समयमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । रामेखोलाबाट ढोरचौर जानेक्रममा चढी रहेको ट्याक्टरबाट अर्को ट्याक्टरमा चढ्न झर्ने क्रममा लड्दा टाउको र शरीरका विभिन्न भागमा चोट लागेर अचेत हुनु भएको थियो ।
मृतकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको र ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





.jpg)