होमपेज / समाज
जेठ १८,सल्यान
नेपाल पत्रकार महासङ्घ सल्यान सह सचिव तथा प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश सदस्य इन्द्र बहादुर बुढाथोकीले आफ्नो जन्म दिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नु भएको ।
उहाँले आफ्नो ३३ औँ जन्म दिनको अवसर पारेर श्री प्रभाकर माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका १ देवस्थल सल्यानको स्कुल बस खरिद अभियान थप सहयोग होस भन्ने उद्देश्यले विद्यालयलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको छ । जन्म दिनको अवसरमा फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा सानो भएपनि स्कुललाई सहयोग गरेको उहाँको भनाई छ । विद्यालयले विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर आर्थिक सहयोग सङ्कलन गरेर बस खरिद गर्ने योजना बनाएर सहयोग सङ्कलन गरिरहेको छ ।
बुवा धन सिं बुढा र आमा लली बुढाको तेस्रो सन्तानको रुपमा जन्मिएका बुढाथोकीले २०४९ साल ज्येष्ठ १८ गते आइतबार दिन तत्कालीन अवस्थामा गाविस चुनावको दिन जन्म भएका बुढाथोकी बनगाड कुपिण्डे नगरपालिका ४ डोप्के निवासी बुढाथोकी एक दशक देखि पत्रकारिता सङ्गै सामाजिक क्षेत्रमा सक्रिय हुनु हुन्छ । उहाँको पत्रकारितासँगै सामाजिक क्षेत्रमा काम गरिरहेका बुढाथोकी निडर हक्की स्वभावका छन् । सल्यान बनगाड क्याम्पसका प्रथम स्ववियु सभापति सहित उनी विभिन्न सामाजिक कामहरूमा सक्रिय हुँदै आएका छन् ।
शैक्षिक सुधारका लागि भएपनि सानो सहयोग हुने उद्देश्यले सहयोग गरेको बुढाथोकीले बताए । बुढाथोकी सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल कर्णाली प्रदेश सचिवालय सदस्य समेत रहनु हुन्छ ।





.jpg)