होमपेज / समाज
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका ५ का २१ वर्षीय नविन राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्लीबजारबाट बालुवासंंग्रही जाँदै गरेको भे १ ह ९९३० नम्बरको अटो र भे १० प ८३८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार राना गम्भीर घाइते भएका थिए।घाइते रानाको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा पुर्याई चेकजाँच गर्ने क्रममा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
मोटरसाइकलल चालक बनगाड कुपिण्डे नगरपालिका ५ का २१ वर्षीय सविन रानाको नेशनल अर्थोपेडिक अस्पतालमा नेपालगञ्जमा उपचार भइरहेको उनको भनाइ छ । ठोक्किएका अटो, अटो चालक र मोटरसाइकललाइ नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।





.jpg)