ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा प्रहरीको विपद् उद्धार नमुना अभ्यास

  सल्यान खबर डेस्क २०८२ जेठ १२ गते सोमबार १७:३०:५१ मा प्रकाशित

जेठ १२,सल्यान 
सल्यानमा विपद् उद्धार सम्बन्धी नमुना अभ्यास गरिएको छ । शारदा नगरपालिका २ मा विपद्को समयमा हुनसक्ने मानवीय तथा धनजनको क्षतिलाई रोक्ने उद्देश्यले सोमबार विपद् व्यवस्थापन तथा खोज उद्धार सम्बन्धी नमूना अभ्यास गरिएको हो । 

पूर्व अभ्यासका क्रममा बाढी पहिरो, खोच र भिरमा परेको समयमा स्थानीइ स्रोत साधनको प्रयोग गरी कसरी नागरिकलाई बचाउन सकिन्छ भनेर भीरमा अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिनु भयो ।  

विपद् जुनसुकै समयमा पर्न सक्ने भएकाले त्यसको तयारी सबैले गर्न आवश्यक रहको उहाँको भनाई छ । उहाँले भन्नु भयो आगामी मनसुनमा सम्भावित विपद् जोखिम व्यवस्थापन तथा उद्धार क्षामतामा सुधार ल्याउने उद्देश्यले गरिएको यस अभ्यासमा आपत्कालिन परिस्थितिमा उद्धार कार्य कसरी प्रभावकारी रुपमा गर्न सकिन्छ भने विषयमा अभ्यास गरिएको हो । 

सुरक्षा निकायका तीन वटैअंग (नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल प्रहरी) को सयुक्त आयोजनामा केही दिनमा सबै प्रकारका विपद्हरुको सामना गर्न पुर्व अभ्यास गरिने न्यौपानेले बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top