ट्रेण्डिङ

होमपेज / समाज

बुधबारदेखि राप्ती राजमार्ग दैनिक ६ घण्टा बन्द 

  सल्यान खबर डेस्क २०८२ जेठ ६ गते मंगलबार २१:२५:२० मा प्रकाशित

जेठ ६,सल्यान 

राप्ती राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत राम्री – कपुरकोट सडकखण्डको स्तरोन्नति गर्न भन्दै बुधवार देखि दैनिक ६ घण्टा राजमार्ग बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार जेठ ७ गते देखि जेठ १३ गतेसम्म एक हप्ता  बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म राजमार्ग बन्द गरिने छ । निर्माण कम्पनीले सवारी आवागमन बन्द गरी सहजीकरण गरी दिन आग्रह गरेपछि एक हप्ताका लागि दैनिक ६ घण्टा राजमार्ग बन्द हुने प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनु भयो । 

उक्त अवधिभर साना सवारी साधनहरूले वैकल्पिक सडक पैयाखोरिया–सातावास– किमचौर– कपुरकोट सडक प्रयोग गर्न आग्रह गरिएको पुनको भनाई छ । 

कर्णाली प्रदेशको प्रमुख नाकाको रुपमा समेत रहेको राजमार्ग वर्षौँदेखि उत्तरोन्नतीको पखाईमा रहेको थियो । सडक डिभिजन कार्यालय दाङले  कपुरकोट – दाङ सडक खण्डको स्तरोन्नति गर्न भन्दै दर्जन भन्दा बढी पटक सडक बन्द गर्दै आइरहेको छ । तर सडकले सार्थकता पाउन सकिरहेको छैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top