होमपेज / समाज
वैशाख २९,सल्यान
शारदा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा प्रदान गरेको सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता र नागरिक सन्तुष्टि स्तर बुझ्न गरिएको सर्वेक्षणको नतिजा आज एक कार्यक्रमबिच सार्वजनिक गरेको छ । बास नेपालको सहजीकरण सम्पन्न उक्त सर्वेक्षण २०८१ चैत्र १८ देखि २९ गतेसम्म नगरपालिकाका १५ वटै वडामा सञ्चालन गरिएको बास नेपाल कार्यक्रम संयोजक रवीन्द्र बोहराले जानकारी दिनुभयो ।
सर्वेक्षणमा नगरपालिकाको कुल ३४,६३३ जनसङ्ख्यामध्ये १,५०० सेवाग्राहीलाई प्रत्यक्ष अन्तर्वार्ता विधिमार्फत समेटिएको र जसमा ८३९ महिला र ६५७ पुरुष सहभागी भएको बोहराले बताउनुभयो
सार्वजनिक गरिएको नतिजाअनुसार, अधिकांश ९१०३२ जना० सेवाग्राहीले नगरपालिकाको समग्र सेवालाई ’राम्रो’ मानेका छन् भने १२३१ जनाले कर्मचारीको व्यवहार ’सहयोगी’ पाएको बताएका छन्। यद्यपि, ५९५ ले मात्र कार्यालयको बडापत्र देखेको र करिब आधा ९४९।८७५० ले मात्र सोधपुछ कक्ष वा अपाङ्गतामैत्री मार्ग पाएको उल्लेख गरेका छन्। सेवा लिने क्रममा ४५६ जनाले प्राविधिक कारण वा लाइनको समस्या भोगेको पाइएको छ।
नगर प्रमुख प्रकाश भण्डारीले केही तथ्याङ्क मा गडबडी भएपनि सर्वेक्षणले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने औँल्याउनुभयो। तथ्याङ्कमा कर्मचारीको नियमित उपस्थिति र शिष्ट व्यवहार, ज्येष्ठ नागरिकलाई नियमित औषधि वितरण, सेवा प्रक्रियाबारे सेवाग्राहीलाई अग्रिम जानकारी, अनलाइन प्रणाली, डिजिटल सूचना पाटी विस्तार, कृषि क्षेत्रमा आवश्यक तालिम र सामग्रीको सहज उपलब्धता, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई सेवामा प्राथमिकता, र कर्मचारीको क्षमता विकास गर्नुपर्ने जस्ता विषयहरू प्रमुख रहेका छन्। प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले सेवा प्रवाहलाई नागरिकमैत्री बनाएको दाबी गदै प्राप्त सुझावलाई सुधार तथा कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो ।





.jpg)