होमपेज / समाज
वैशाख २८,सल्यान
त्रिवेणी गाउँपालिकाको सबैभन्दा बिकट मानिएको कोलचौर खज्जरमा मोटर बाटो पुगेको छ । सङ्घीय सरकारको ८० लाख र त्रिवेणी गाउँपालिका सल्यानको ८० लाख गरी कुल १ करोड ६० लाख लागतमा २०८० फाल्गुण ३ गते शिलान्यास गरिएको थियो । आइतबार एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले मोटर बाटोको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के।सी, वडा नं। १ का अध्यक्ष दल बहादुर बस्नेत, गाउँपालिका प्राविधिकहरू, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सहसचिव पदम बुढाथोकी, निर्माण व्यवसायी डिल्ली के।सी। लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष दल बहादुर बस्नेतले ढिलै भएपनि बाटो दाङ जोड्ने सिमानासम्म पुगेको खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले अत्यन्तै विकट मानिएको खज्जरमा स्थानीयहरूको माग अनुसार विकास गर्दै गएको बताउनु भयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के।सीले उक्त सडकलाई अझै राम्रो बनाउनको यस वर्ष पनि बजेटको व्यवस्था गरी काम भइरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले कोलचौर खज्जर बासीहरूलाई चुनावमा भोट माग्न आउँदै गर्दा गरेको बाचा पुरा गरेको बताउनु भयो ।
अहिले खानेपानी, वि द्यूत र अहिले मोटर बाटो गाउँमै पु¥याएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै निर्माण व्यवसायी डिल्ली के।सी।ले उक्त ठेक्का निसानरबिआर जेभि मार्फत काम गर्दै गर्दा बिआर निर्माण सेवाले काम नगरी अलपत्र बनाएको हुँदा आफूले घाटा खाएर भएपनि रोकाटोलसम्म बाटो पु¥याएको बताउनु भयो ।
आफ्नो घर आँगनमै मोटर बाटो पुगेपछि स्थानीय पनि खुसी भएको छन् ।
स्थानीय सरकार आएपछि आफूले सोच्दै नसोचेको विकास भएको स्थानीय सुरेन्द्र रोकाले बताउनु भयो । पहिले काभ्रा बजार जान पनि दिनभरि लाग्ने गर्थ्यो अहिले बाटो आएपछि केही घण्टामै बजार पुग्न सकिने स्थानीय गङ्गाराम खत्रीले बताउनु भयो ।
पहिले गाउँमा विकास नहुँदा स्थानीयहरू बसाई सरेर कोही दाङ त कोही काभ्रा झर्नु भएको थियो तर अहिले लिफ्ट मार्फत खानेपानी, बि द्यूत र मोटर बाटो घरसम्मै आउँदा स्थानीय खुसी भएको स्थानीय जित बहादुर के।सीले बताउनु भयो ।





.jpg)