ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा एक गोठ जलेर नष्ट 

  सल्यान खबर डेस्क २०८२ बैशाख १४ गते आइतबार २१:१९:५८ मा प्रकाशित

वैशाख १४,सल्यान 
सल्यानमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा एक गोठ जलेर नष्ट भएको छ । आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका वडा नं १ को काल्चे सल्लेरी सामुदायिक वनमा लागेको ढडेलो बस्तीमा पस्दा  ४५ वर्षीय नोखिराम खत्रीको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  

दिउँसो करिब १ बजेबाट सुरु भएको ढडेलो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका रेशम खत्रीले जानकारी दिनु भयो दिनुुभयो । प्रहरी, स्थानीय उपभोक्ताको सक्रियतामा वनमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला 
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय थारमारे तथा इप्रका दमाचौरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top