होमपेज / समाज
वैशाख ७,सल्यान
सल्यान कपुरकोटमा जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका ३ कालेडाँडामा रोल्पादेखि दाङ तुलसीपुर जाँदै गरेको ग १ च ४३७६ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा चालक सहित छ जना घाइते भएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।
घाइते हुनेमा जिप चालक सल्यान कपुरकोट गाउँपालिका २ का खिम बलाल, कपुरकोट गाउँपालिका १ की २४ वर्षीया चन्द्रा कुमारी पुन, ६२ वर्षिया कौशिला पुन, ४५ वर्षीया गौरी सुनार, ५वर्षीया सलिसा पुन र कपुरको २ का ७२ वर्षीय नोखिराम बस्नेत रहेको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो ।
दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । चन्द्रा कुमार पुन, गौरी सुनार ,नोखिराम बस्नेत गम्भीर घाइते रहेका छन् । गम्भीर घाइते मध्ये एक जनालाई नेपालगञ्ज र दुई जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा रिफर गरिएको भण्डारीले बताउनु भयो ।
घाइतेहरुको आधारभूत अस्पताल कपुरकोटमा उपचार पश्चात तीन जना डिस्चार्च भएका छन् । ब्रेक फेल भई जिप सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।





.jpg)