ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम

  सल्यान खबर डेस्क २०८२ बैशाख ६ गते शनिबार २१:३८:३१ मा प्रकाशित

वैशाख ०६, सल्यान । 

 मानव एकता दिवसको अवसरमा सल्यानमा २८ जनाले रक्तदान गरेका छन् । “रगत नालीमा होइन, नाडीमा बगाऔँ” भन्ने बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै शनिवार सन्त निरकारी मण्डल सल्यान शाखाको आयोजनामा दिवस मनाइएको हो ।

 जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ सिंगारीकोटमा आयोजित कार्यक्रममा १४ जना महिला र १४ जना पुरुष गरी जम्मा २८ जनाले रक्तदान गर्नुभएको सन्त निरकारी मण्डल सल्यानका कार्यक्रम संयोजक रूपलाल गिरीले जानकारी दिए । रक्त सञ्चार केन्द्र घोराही दाङका प्राविधिक दिलीप चौधरी सहित चार जनाको प्राविधिक टोली रक्त सङ्कलनमा खटिएको थियो । 

 कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले मानव मानव बिच हुने सबै प्रकारका असमझदारी र विभेद हटाउनुपर्ने भन्दै मानव एकतामा जोड दिए । यस्तै जिल्ला समन्वय समिति सल्यानका सदस्य हरि केसी, वडा नं, ३ का वडा अध्यक्ष तीर्थराज दाहाल, सन्त निरकारी मण्डलका केन्द्रीय सदस्य दल बहादुर राना, नेपाल रेडक्रस सोसाइटी छत्रेश्वरीका अध्यक्ष हिमाल योगी लगायतले धारणा राखेका थिए ।

 कार्यक्रममा वडा सदस्य निम बहादुर बुढा, आधारभूत स्वास्थ्य सेवा केन्द्र दोहलीका प्रमुख ऐनप्रकाश बुढाथोकी लगायत स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।  सो अवसरमा वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका सल्यान  त्रिवेणी गाउँपालिका ६ का युवराज थापाले ७६ लाख रुपैयाँ ब्लड पनि क्षतिपूर्ति तिर्नुपर्ने भएकाले उनको सहयोगका लागि सन्त निरकारी मण्डल सल्यानले १४ हजार ९९५ रुपैयाँ सङ्कलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top