होमपेज / समाज
.वैशाख ५,सल्यान
सल्यानमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको दार्मा गाउँपालिका ४ पुखातमा शुक्रबार साँझ एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृत फेला परेका पुरुष बागचौर नगरपालिका ४ का अन्दाजी ५५÷५६ वर्षीय डिल्ली वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार वली छोराको ससुरालीमा तिथिको भात खान शुक्रबार बिहान पुगेका थिए । उनि फर्किने क्रममा घर देखि आधा घण्टा टाढाको दुरीमा चोटपटक नलागेको अवस्थामा बाटोमै मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रेशम खत्रीको टोली पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको उहाँले बताउनु भयो । वलीको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।