ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जीप दुर्घटना हुँदा १६ घाइते

  सल्यान खबर डेस्क २०८२ बैशाख ५ गते शुक्रबार १९:३१:५१ मा प्रकाशित

वैशाख ५,सल्यान 
सल्यानमा जीप दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन । शुक्रबार बेलुका जिल्लाको शारदा नगरपालिका १ श्रीनगरबाट हिवल्चा जादै गरेको लु.प्र .०२–००१ ज ००११ नम्बरको जीप सिउनेटा नजिकै दुर्घटना हुदाँ १६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  

घाइते हुनेमा शारदा नगरपालिका ११का १८ वर्षीया दुर्गा नेपाली,बर्ष ७ की एलिसा नेपाली, बर्ष ५१ की लक्ष्मी बुढाथोकी, बर्ष ३५ की टीका घर्ती, बर्ष ३८ की दुर्गा बुढाथोकी, बर्ष ११ का निर्मल घर्ती , बर्ष ४२ की मायादेवी थापा, बर्ष ४०की निर्मला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताउनु भयो ।

यस्तै बर्ष ३८ की गीता थापा, बर्ष ६८ का बुद्धिमान बुढाथोकी, बर्ष ४ का सुरज राना, बर्ष ७० की डुमा कुमारी राना, बर्ष २० का आशिष राना, बर्ष २९ की कमला बोहरा, बर्ष ८ की कृक्षा रावत, बर्ष ३ की कृष्टी रावत रहेका रहेका छन् । 

  घाइते सबैको स्थानीय, यातायात ब्यबसायी र प्रहरीको सहयोगमा उद्धार गरी श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस्नतेका अनुसार दुर्घटनामा घाइते भएका केहीको अबस्था मध्यम र अन्यको सामान्य रहेको छ । जीप उकालोमा अनियन्त्रित भएर सडकमै दुर्घटनामा परेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top