होमपेज / समाज
चैत ३१ ,सल्यान
सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आइतबार दिउँसो जिल्लाको कालिमाटी गाउँपालिका ६ ढोरेनीनजिकै वर्ष ६९ का चन्द्रबहादुर घर्तीको घरमा चटयाङ पर्दा १३ वर्षीया करिष्मा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । । घाइते बालिकाको उपचारका लागि मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेका अनुसार चटयाङ पर्दा वर्ष ६९ का चन्द्रबहादुर घर्ती, वर्ष ४५ का विष्णु खडका र वर्ष २० का डम्मरबहादुर खड्का घाइते भएका छन् । घाइते सबैको मेहलकुना अस्पताल सुर्खेतमा उपचार भइरहेको उहाँको भनाई छ ।