ट्रेण्डिङ

होमपेज / समाज

जिल्ला प्रशासन कार्यालय सल्यानमा सेवाग्राहीको लडेर मृत्यु

  सल्यान खबर डेस्क २०८१ चैत्र १४ गते बिहीबार १७:१५:२६ मा प्रकाशित

चैत १४,सल्यान 
जिल्ला प्रशासन कार्यालय परिसरमा लडेर घाइते वृद्धको मृत्यु भएको छ । 
बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आउनु भएका बागचौर नगरपालिका ७ टाट्केका ७० वर्षीय टिकाराम वली कार्यालय परिसरमै लडेर घाइते हुनु भएको थियो । गम्भीर घाइते वलीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
जिल्ला प्रशासनको भुई तलामा हिड्ने क्रममा चिप्लिदा उहाँको टाउकोमा चोट लागेको थियो । 
अहिले मृतकको शव जिल्ला अस्पतालमा नै  राखिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top