ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कुमाखको एक घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

  सल्यान खबर डेस्क २०८१ चैत्र १२ गते मंगलबार १३:५९:२९ मा प्रकाशित

चैत १२,सल्यान 
सल्यानमा विद्युत कन्ट्रोल बक्स सट भइ आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ । मंगलबार बिहान करिब ३ बजेतिर कुमाख गाउँपालिका ५ झारकाँडाका ३६ वर्षीय विष्णु कुमाईको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आगलागीबाट ७० हजार नगद पैसा, २ तोला सुन, अन्नपात, लत्ताकपडा भाडाकुडा, महत्वपूर्ण कागजात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । मानविय क्षति नभएपनि घर जल्दा ७ लाख ४५ बराबरको क्षति भएको उहाँले बताउनु भयो । 
प्रहरी, स्थानीयको सहयोगमा घरमा लागेको आगो नियन्त्रणमा आइसकेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top