ट्रेण्डिङ

होमपेज / समाज

सल्यान जिप दुर्घटना : घाइते दुईलाई नेपालगन्ज रिफर

  सल्यान खबर डेस्क २०८१ चैत्र ११ गते सोमबार २०:१३:२४ मा प्रकाशित

चैत ११ सल्यान

 सल्यानमा सोमबार  बिहान भएको जिप दुर्घटनामा घाइतेमध्ये दुईजनालाई रिफर गरिएको छ । शारदा नगरपालिका ११ का १० वर्षीय अनुपम बुढाथोकी र कुमाख गाउँपालिका ३ का ५० वर्षका परविर रावतलाई रिफर गरिएको हो । 

धेरै  चोट लागेका दुवैलाई जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित शारदा मेट्रो अस्पतालबाट थप उपचारका लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताउनु भयो । उहाँका अनुसार बुढाथोकीको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ भने रावतको खुट्ट भाँचिनुका साथै शरीरका अन्य भागमा चोट लागेको छ ।

कुमाखको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको यात्रुबाहक जिप सिद्धकुमाख गाउँपालिका ३ फलाटे नजिकै गतियानामा दुर्घटना परेको थियो । सवार १८ मध्ये चालकबाहेक १७ जना सबै घाइते भएका छन्। ब्रेक फेल भएर भित्तामा ठोक्किँदा जिप सडकमै पल्टिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top