ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मध्यरातमा आगलागी हुँदा घर गोठ जलेर नष्ट , ६ लाख ५० हजार बढीको क्षति

  सल्यान खबर डेस्क २०८१ चैत्र ७ गते बिहीबार ०८:१२:१३ मा प्रकाशित

चैत ७,सल्यान 
सल्यानमा मध्यरातमा आगलागी हुँदा दुई घर गोठ जलेर नष्ट भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका २ खैरिकाँडाका दुई घर गोठमा आगलागी भएको हो । 
आगलागीबाट ४५ वर्षीय केशवलाल वलीको गोठ  र ५२ वर्षीय  प्रेम  बहादुर विकको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

राति १ बजेतिर  वलीको फुसले छाएको कच्चि गोठमा आगलागि हुँदा आजलागीबाट गोठ भित्र रहेका १ गोरु, ११ वठा बाख्रा, ९ कुखुरा जलेर मरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । आगलागीबाट ३ लाख बराबरको क्षति भएको उहाँको भनाई छ । 

यस्तै शोही आगलागीबाट प्रेम बहादुर विकको घर जलेर नष्ट भएको छ । घरपूर्ण रुपमा जल्दा घर भित्र रहेको नगद १७ हजार रुपैयाँ सहित अन्नपात लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको खत्रीको भनाई छ । आगलागीबाट विकका ६ वटा कुखुरा र २ वटा हाँस समेत जलेर मरेका छन् । आगलागीबाट ३ लाख ५० हजार बराबरको क्षति भएको उहाँको भनाई छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । 
 

फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित खवर

Top