ट्रेण्डिङ

होमपेज / समाज

सल्यान त्रिवेणी ९ सय ३२ जना जेष्ठ नागरिकलाई सम्मान तथा जेष्ठ नागरिक परिचय पत्र वितरण

  सल्यान खबर डेस्क २०८१ चैत्र ४ गते सोमबार २१:१४:१७ मा प्रकाशित

चैत ४,सल्यान 

सल्यानको त्रिबेणी गाउँपालिकाले ९ सय ३२ जना जेष्ठ नागरिकलाई सम्मान तथा जृष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ । सोमबार त्रिवेणी तिर्थशालाधाममा एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान तथा परिचय पत्र विरण गरिएको हो । 

 आर्थिक बर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार जेष्ठनागरिक संरक्षण तथा प्रवद्र्धन कार्यक्रम बाट जेष्ठनागरिक सँग त्रिवेणी गाउँपालिकाले उनिहरुलाई सम्मान तथा परिचय पत्र वितरण  गरिएको गाउँपालिकाले जनाएको छ । जेष्ठनागरिकहरु एक अर्को सँग परिचित रहनु र उनिहरुको सम्मानले मनोबल बढने उदेश्यले यो कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । उहाँका अनुसार कार्यक्रममा ६ वटा वडाका जेष्ठनागरिकहरुलाई सहभागि गराई उनिहरुको स्वास्थ्य परिक्षण र आँखा जाँच गरिएको थियो भने जेष्ठ नागरिक परिचयपत्र पनि वितरण गरिएको थियो । 

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उनिहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने परिचयपत्र पनि उपलव्ध गराउनु भएको हो । सम्मान गर्दै मुख्यमन्त्री कडेलले  नागरिकको औसत आयु वृद्धि विकासको एउटा महत्वपूर्ण सूचक रहेको बताउनु भयो । उहाँले बाटो, भवन, कुलो जस्ता भौतिक संरचना मात्र नभई मानसिक र सामाजिक विकास पनि आवश्यक रहेको धारणा राख्नु भयो । सरकारले जेष्ठ नागरिकको मासिक भत्ता ४००० पु¥याएको बताउदै उहाँले सरकार जेष्ठ नागरिक प्रति जिम्मेवार बनेको बताउनुभयो । 

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले जेष्ठ नागरिकको सम्मान हाम्रो संस्कृति र संस्कार संग जोडिएको बताउनुभयो । उहाँले त्रिबेणी गाउँपालिका भएर प्रदेश जोड्ने लुहाम काभ्रा कालिमाटी सडक, अन्तर प्रदेश जोड्ने  लुहाम फलाबाङ तुलसीपुर सडकको स्तरोन्नति संगै समग्र विकास र समृद्धिका लागि प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।

यस्तै प्रदेश सरकारका पुर्व भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले जेष्ठ नागरिक संग भएको सिप, क्षमता र ज्ञानको सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भौतीक पुर्वाधार तथा सहरी बिकासमन्त्री शेर बहादुर बुढा, प्रदेश सांसद  लक्ष्मी सुनार, जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी साबित्रा पुन लगाएतको आतिथ्यता रहेको थियो । गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन वसन्त रावतले गनुृभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top