ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको कपुरकोटको एक घरमा आगलागी, चार लाख बराबरको क्षति

  सल्यान खबर डेस्क २०८१ चैत्र १ गते शुक्रबार १९:१०:३९ मा प्रकाशित

सल्यानको कपुरकोट गाउँपालिका–६ रातामाटामा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रबार बिहान ८ः४५ बजे देविराम बोहराको दुईतले कच्ची घरमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । स्थानीयवासी र प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएका हुन  ।

आगलागीका बाट घरको पश्चिमतर्फका दुई कोठा पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घर आंशिक रूपमा क्षति भए पनि मानविय तथा चौपायाको कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आगोले घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, एक जोडी सुनको झुम्का र ५२ हजार नगदसहित करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिमबाट प्रहरी सहायक निरीक्षक हरी प्रसाद गौतमको कमान्डमा तीन जनाको टोली खटिएको थियो । थप विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top