ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा आगोलागीबाट ६५ वर्षीय वृद्धको मृत्यु

  सल्यान खबर डेस्क २०८१ चैत्र १ गते शुक्रबार १८:४६:५२ मा प्रकाशित

चैत१,सल्यान 
खरबारीमा लागेको आगो  नियन्त्रणमा गर्नेमा क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरका ६५ वर्षीय प्रेम बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

शुक्रबार दिउँसो करिब ३ बजे तिर श्रीमान श्रीमती घाँस काटन गएको समयमा खरवारीमा अचानक आगलागी भएको थियो । आगो नियन्त्रण गर्ने क्रममा उहाँ आगोमा पर्नु भएको थियो । आगलागीबाट बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

वडाध्यक्ष कर्ण देव डाँगीका अनुसार श्रीमान श्रीमतीसँगै घास काटन गएको र भिरालो खरबारीमा श्रीमान घाँस काटेर ओर्लन नसकेपछि श्रीमतीले गाउँलेलाई बोलाउन गएकी थिइन । गाउँलेलाई बोलाएर श्रीमती पुग्दा श्रीमान एकासी आगलागी बाट मृत्यु भएको अवस्थामा भेटिएका थिए । एक्कासी आगलागी कसरी भयो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ रहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top