ट्रेण्डिङ

होमपेज / समाज

होली पर्व सभ्य रूपमा मनाउन सल्यान प्रशासनको आग्रह

  सल्यान खबर डेस्क २०८१ फाल्गुण २८ गते बुधबार १६:२३:५४ मा प्रकाशित

सल्यान, फागुन २८ । 
जिल्ला प्रशासन कार्यालय सल्यानले होली (फागु) पर्व सभ्य, मर्यादित र सुरक्षित रूपमा मनाउन सबैलाई आग्रह गरेको छ। 

प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले हस्ताक्षर गरेको सार्वजनिक सूचनामार्फत प्रशासनले पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै अनुशासन कायम राख्न अनुरोध गरेको हो।
सूचनामा भनिएको छ कि होली पर्व उल्लासपूर्वक मनाइने भए पनि यस क्रममा अवाञ्छित गतिविधि हुन सक्ने भएकाले सचेत रहन आवश्यक छ। जवरजस्ती रङ दल्ने, फोटो तथा भिडियो खिचेर अपमान गर्ने, अवरोध सिर्जना गर्ने, सार्वजनिक यातायात अवरुद्ध पार्ने, मदिरा सेवन गरी उच्छृंखल व्यवहार गर्ने, सवारी साधन लापरवाही रूपमा चलाउने, तथा समाजमा अशान्ति फैलाउने कार्यमा संलग्न हुने जोकोहीलाई कानूनी कारबाही गरिने उल्लेख गरिएको छ। 

त्यस्तै, जिल्ला प्रशासन कार्यालयले होली मनाउने क्रममा स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अपनाउन, शान्ति सुरक्षा कायम राख्न र सामाजिक सद्भावमा खलल पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। 

प्रशासनले नागरिकलाई सचेत रहन र पर्वलाई सौहार्द्रपूर्ण वातावरणमा मनाउन अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top