ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा चौबन्दी चोली र डिजाइन कुर्ता सुरुवाल सिलाउने सीप प्रतियोगिता

  सल्यान खबर डेस्क २०८१ फाल्गुण २७ गते मंगलबार २०:०९:५६ मा प्रकाशित

फागुन २७ सल्यान ।

सल्यानको खलङ्गामा सञ्चालित चौबन्दी चोली र डिजाइन कुर्ता सुरुवाल सिलाउने सीप प्रतियोगिता सम्पन्न भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालू आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार शारदा नगरपालिका–२, खलङ्गामा कार्यक्रम सम्पन्न भएको हो

। प्रतियोगिता फागुन २६ र २७ गते आयोजना गरिएको थियो, जसमा जिल्लाका विभिन्न स्थानीय तहका ७ जनाले सहभागिता जनाएका थिए। प्रतियोगिताको विषय विशेषज्ञ पाण्डव कुमार दमाई रहेका थिए । प्रतियोगितामा दार्मा गाउँपालिका–३ निवासी रमेश परियार प्रथम, त्रिवेणी गाउँपालिका–१ निवासी हरीकुमारी पुन दोस्रो, तथा बनगाड कुपिण्डे नगरपालिका–८ निवासी दिलकुमारी पुन तृतीय भएका छन्। विजेताहरू प्रथम, द्वितीय र तृतीय लाई क्रमशः रु २० हजार , रु १० हजार , र रु ७ हजार नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्यामलाल खराल अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समितिका उपप्रमुख असबिर बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमको सहजीकरण कार्यालयका सूचना अधिकारी ध्रुव बहादुर खत्री ले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top