होमपेज / समाज
फागुन २६,सल्यान
छत्रेश्वरी गाउँपालिकामा आज पालिका स्तरिय डढेलो नियन्त्रण संयन्त्र गठन गरिएको छ । गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकी संयोजक रहेको पालिका स्तरिय वन डढेलो रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी संजाल गठन गरिएको हो ।
विशेषगरी वन क्षेत्र र सुख्खा मौसममा डढेलोको जोखिम धेरै हुने तथा यसका कारण वनजंगल, जैविक विविधता र जनधनको ठूलो क्षति हुन सक्ने कुरालाई मध्यनजर गर्दै तत्काल नियन्त्रणका लागि स्थानीय स्रोत, मानवशक्ति र उपकरणको व्यवस्था एवम् पूर्वतयारी, सचेतना र आपतकालीन योजना बनाउन सहयोग पुर्याउने उद्देश्यले संजालको गठन गरिएको हो ।
संजालको उपसंयोजकमा गाउँपालिका उपाध्यक्ष श्री बुद्ध कुमारी खत्री, सातवटै वडाका वडा अध्यक्षहरु, ७ वटै वडाका सामुदायीक वन समूहका प्रतिनिधीहरु, प्रहरी चौकी भोटेचौरका प्रमुख, सामुदायीक वन महासंघका प्रतिनिधीहरु सदस्य र सब डिभिजन बन कार्यालय छत्रेश्वरीका प्रमुख श्री योन्जन दाहाल सदस्य सचिव रहेको डढेलो नियन्त्रण संयन्त्र गठन गरिएको हो । अव वडा स्तरमा पनि संजाल गठनको तयारी छ ।
गाउँपालिका स्तरिय डढेलो नियन्त्रण संयन्त्रले पूर्वतयारी, प्रतिकार्य र पुनस्र्थापनाका लागि स्थानीय स्रोत र जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्ने तथा प्राकृतिक स्रोत र जनधनको सुरक्षामा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा लिइएको छ ।
संयन्त्र गठन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष श्री फौद बहादुर बस्नेत, वडा नं ६ का वडा अध्यक्ष श्री टिकाराम बुढा, वडा नं ७ का वडा अध्यक्ष श्री टेक बहादुर विष्ट, कार्यपालिका सदस्यहरु, अन्य जनप्रतिनिधी, प्रहरी चौकी भोटेचौरका प्रमुख श्री प्रकाश परियार, सामुदायीक वन महासंघ तथा वन समूहका प्रतिनिधी लगाएतको सहभागिता थियो । कार्यक्रमको सहजिकरण पत्रकार श्री शंकर केसीले गर्नुभएको थियो ।