ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको त्रिवेणीमा चार हजार बढी पशुपंक्षीको उपचार

  सल्यान खबर डेस्क २०८१ फाल्गुण २२ गते बिहीबार १८:०८:१८ मा प्रकाशित

फागुन २२,सल्यान 

सल्यानको त्रिवेणी गाउँपालिकामा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा चार हजार बढी पशुउपचार तथा औषधी वितरण गरिएको छ । त्रिवेणी गाउँपालिका  पशु सेवा शाखाको आयोजनामा त्रिवेणी गाउँपालिका ४ पुरानो दरवारमा भएको एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरमा ४ हजार ६ सय ५३ पशुपंक्षीको उपचार गरिएको हो । 

शिविरमा पशुहरुमा देखिने विभिन्न किसिमका आन्तरिक तथा बाह्य रोगहरु नियन्त्रण र रोकथाम सम्बन्धी खोप, औषधि वितरण तथा ब्यवस्थित पशुपालन सम्बन्धी परामर्श समेत दिइएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो । 

गाउँपालिकाले पशु सेवा केन्द्रहरूबाट टाढा रहेका पहाडी बस्ती तथा पशुपालनको बाहुल्यता भएको क्षेत्रलाई लक्षित गरी सो शिविर संचालन गरेको उहाँको भनाई छ । शिविरमा १९२ किसानका ४ हजार ५ सय ६३ पशुपंक्षीको उपचार तथा औषधी वितरण गरिएको रावतले बताउनु भयो । 
गाउँमै शिविर सञ्चालन भएपछि पशुपालक किसानहरू खुशी भएका छन् ।पशुमा स्वास्थ्य समस्या भएमा टाढा लगेर उपचार गर्नुपर्ने वा निजी एग्रोभेटका प्राविधिक घरमा लैजाँदा खर्चिलो उपचार गर्दै आएका स्थानीय गाउँमै उपचार पाएपछि खुसी भएका छन्।
शिविरमा त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन वडा न ४ का वडाध्यक्ष छविराज शर्मा लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top