होमपेज / समाज
सल्यानमा दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सल्यानको आयोजनामा बुधबार समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लास्थित संघीय, प्रदेश र स्थानीय तहका कार्यालयहरूले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
समीक्षाका क्रममा विभिन्न योजनाहरूको कार्यान्वयन, उपलब्धि, चुनौती र समाधानबारे छलफल गरिएको थियो । स्थानीय तहहरूले विकास योजनामा देखिएका समस्या समाधान गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा सहभागी कार्यालयका प्रमुखहरूले बजेट खर्च, भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य क्षेत्रका प्रगतिबारे जानकारी गराएका थिए । समिक्षाले नीति कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय तय गर्ने निष्कर्ष निकालेको छ ।
समीक्षाका क्रममा स्थानीय तह र सरकारी निकायहरूले विभिन्न क्षेत्रका उपलब्धिहरू, देखा परेका चुनौतीहरू तथा आगामी दिनका योजनाहरूबारे विस्तृत छलफल गरेका थिए । विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, वित्तीय व्यवस्थापन तथा अन्य महत्वपूर्ण विषयहरूमा कार्यान्वयनको स्थिति मूल्यांकन गरिएको थियो । समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले विकास निर्माणका कामलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले बजेटको सही सदुपयोग गर्दै प्रभावकारी खर्च प्रवाहका लागि सबै तहका निकायहरूले समन्वय गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । साथै, विकास निर्माणमा देखिएका ढिलासुस्ती हटाउँदै योजनाहरूको गुणस्तरीय कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी निकायहरूले आपसी समन्वय सुधार गर्दै एकअर्कासँग सिक्ने र सिकाउने संस्कृतिलाई प्रोत्साहित गर्नुपर्ने बताउनु भयो । उहाँले विकास निर्माणका कामहरूमा गति दिन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन खर्च वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले चौमासिक समीक्षा कार्यक्रमले जिल्लाका सबै पालिका र कार्यालयहरूबीच समन्वय कायम गर्न मद्दत गर्ने बताउनु भयो ्। उहाँले सरकारी निकायहरू एकअर्काबाट सिक्न सक्ने अवसर सिर्जना गर्नुका साथै नीति तथा योजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मार्गनिर्देशन गर्ने उल्लेख गर्नुभयो ्। उहाँले वित्तीय अनुशासनको पालना गर्दै बेरुजु घटाउने प्रयास गर्नुपर्नेमा जोड दिदै असारे विकासको प्रवृत्ति न्यूनीकरण गरी योजनाहरूलाई समयमै सम्पन्न गर्नुपर्ने बताउँदै भौतिक प्रगतिसँगै वित्तीय प्रगति पनि पारदर्शी रूपमा देखिनुपर्ने आवश्यकता औंल्याउनु भयो ्। साथै, बजेट फिर्ता गर्नुको साटो योजनाबद्ध रूपमा प्रभावकारी ढंगले खर्च गर्नुपर्ने धारणा राख्नु भयो ।
समिक्षा कार्यक्रममा संघ, प्रदेश र स्थानिय तहका गरि १८ वटा कार्यालयहरुले आ–आफ्नो कार्यलयको प्रस्तुत गरहेका थिए । उनिहरुले सबै योजनाहरु सम्झौता भई कार्यान्वनमा रहेकाले भौतीक प्रगती देखिएपनि वित्तिय प्रगती देखिन नसकेको बताएका थिए । उनिहरुले यसलाई सुधार गर्दै जाने प्रतिवद्धता जनाएका छन ।





.jpg)