ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका ग्रामीण सडकहरु स्तरोउन्नती हुँदै

  सल्यान खबर डेस्क २०८१ फाल्गुण १८ गते आइतबार २१:२१:५४ मा प्रकाशित

सल्यानमा चालु आर्थिक वर्ष २०८१/८२ मा १७ वटा सडक आयोजना मध्य १५ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन । तीमध्ये १५ वटा आयोजना सम्झौता भई निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको पूर्वाधार बिकास कार्यालय सल्यानले जनाएको  छ । कार्यालयका अनुसार हालसम्म ६ वटा सडक आयोजना सम्पन्न भइसकेका छन । बाँकी ९ वटा आयोजनाको काम विभिन्न चरणमा निर्माण भैरहेको कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले यस बर्ष जिल्लामा सडक आयोजना निर्माणका लागि ८ करोड १० लाख बजेट बिनियोजन गरेको थियो । निर्माणाधीन सडक आयोजनाहरू तोकिएको मितिभित्र सम्पन्न गर्न निरन्तर अनुगमन भइरहेको पूर्वाधार बिकास कार्यालय सल्यानका प्रमुख सिडीइ नवीन थापाले जानकारी दिनुभयो । कतिपय आयोजनाहरूमा मौसम र भौगोलिक कठिनाइका कारण केही चुनौती भए पनि निर्माण कार्यलाई गति दिन पहल भइरहेको उहाँले जानकारी दिनुभयो । 

अहिले सम्म पाख्रे वडा पाख्रे हुँदै स्यानी गाउँ खेत गाड सम्म पुग्ने सडक, नेटा बोहोरागाउँ सडक स्तरउन्न्ती कुमाख ५ , नाथेखोला बाँझकोट सरादे सतपली काफलानी दउली स्विकोट सडक, साहुटोल देखि पशुकार्यालय सम्म सडक स्तरउन्न्ती, कालाखेत पिपलनेटा सडक निर्माण र शान्तिनरदेखी अटोभिलेज हुँदै अम्रैटाकुरा सडक स्तरउन्नती सडक आयोजना सम्पन्न भैसकेको उहाँले जानकारी दिनुभयो । निर्माणाधीन ९ वटा सडक आयोजनाहरूको काम तिब्ररुपमा भैरहेको २ वटा ठेक्का सम्झैताको प्रक्रियामा रहेको उहाँले बताउनु भयो । 

निर्माणाधीन सडकहरूमा विभिन्न चरणका काम भइरहेका छन । कतिपय ठाउँमा ग्याबिओन वाल, ह्युम पाइप जडान, कटिङ तथा ग्राभेल कार्य सम्पन्न भइसकेको छ भने केही स्थानमा ढलान, भित्ते पर्खाल आरसीसी पार्किङ) जस्ता संरचना निर्माण भइरहेका छन । निर्माणाधीन सडकका मुख्य कामहरू, ग्याबिओन वाल निर्माण, कटिङ तथा ढलान, ह्युम पाइप जडान, ग्राभेल तथा मर्मतसम्भार कार्य भैरहेको उहाँले बताउनु भयो । कार्यलयले अलपत्र परेका पुुल, सडक, रिटेनिङ वालका योजनाहरु पनि केही सञ्चालन गरिएको र केही सञ्चालनको पक्रियामा गैरहेका प्रमुख सिडीइ थापाले जानकारी दिनुभयो । 
यसैबीच, चालु आर्थिक वर्षमा एकवर्षे योजनाअन्तर्गत एउटा सडक पुल निर्माणका लागि सम्झौता भएको छ । हाल पुल निर्माण कार्य प्रारम्भिक चरणमा छ र डिजाइन तथा डीपीआर निर्माण गरिएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top