ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

  सल्यान खबर डेस्क २०८१ फाल्गुण १३ गते मंगलबार ०९:५१:४६ मा प्रकाशित

फागुन १३,सल्यान 
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको झ्यामबाट  सल्यान छत्रेश्वरी गाउँपालिका १ दमाचौर आउँदै गरेको रा १ क ५३९ नम्बरको मिनी ट्रक गएराति ११ः५५ बजे जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ फारुलेबोटमा दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 मृत्यु हुनेमा ट्रक चालक रोल्पाको गंगादेब गाउँपालिका ३ का  ३५ बर्षका हरी चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । गम्भिर घाईते चालकलाई उपचारको लागि तत्काल सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे डाक्टरले मृत घोषणा गरेको उहाँको भनाई छ । 
 ट्रक सडकबाट करिब ५० मिटर तल खसेको छ ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेकोे प्रहरीको भनाई छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top