ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी

  सल्यान खबर डेस्क २०८१ फाल्गुण ३ गते शनिबार १८:४५:३५ मा प्रकाशित

फागुन ३ गते ,सल्यान, ।  

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको  तेश्रो अधिवेशनवाट अध्यक्षमा अमृत कुमार वुढाथोकी चयन हुनुभएको छ । समुहको  उपाध्यक्ष प्रसिद्ध डाँगी,समावेशी उपाध्यक्षमा अभिलाशा सिंह,सचिव कुल बहादुर रेउले,सहसचिवः कमल धिताल समावेशी सहसचिव प्रदिप पुन,कोषाध्यक्षः भरत घर्ती चयन भएका छन् । सदस्य नवीन डि.सी.,संगम राना,रुपलाल चलाउने,विजय बस्नेत,जितेन्द्र महर्जन,बिष्णु गौतम,संगम बिहानि,सिर्जना बस्नेत,रेमन्त वि.क. रहेका छन् । यस्तै सल्लाहकारमाप्रतिक इच्छुक शर्मा,डिल्लीराज रावत,बामदेव के.सी. र खकेन्द्र के.सी.लाई चयन गरेको सचिव कुल बहादुर रेउलेले जानकारी दिनुभयो ।
सल्यान खलंगामा सम्पन्न अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले गरेका गर्नुभएको हो  । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले तस्बिरले समाजको यथार्थ झल्काउने भएकाले यसलाई एक महत्वपूर्ण दस्तावेजका रूपमा लिन सकिने वताउनुभयो । उहाले फोटोले समाजको ऐना रुपमा काम गर्ने वताउनुभयो । 
सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेश समिति अध्यक्ष तथा राष्ट्रिय फोटो पत्रकार समूह, सल्यानका संस्थापक संयोजक प्रतीक इच्छुक शर्माले फोटो पत्रकारिता समाजको यथार्थ चित्रण गर्ने प्रभावशाली माध्यम भएको वताउनुभयो 

नेपाल पत्रकार महासंघका सल्लाहकार शङ्कर के.सी. ले फोटो पत्रकारिताले समाचारको सत्यता पुष्टि गर्न, विश्वसनीयता कायम गर्न, र समाजमा महत्वपूर्ण परिवर्तन ल्याउन मद्दत गर्ने वताउनुभयो ।

प्रेस सेन्टर नेपालसल्यान अध्यक्ष सरिता चलाउनेले समाचारले भन्दा धेरै कुरा तस्बिरले वोल्ने भएकाले  समाज परिवर्तनको महत्वपूर्ण साधन फोटो हुन सक्ने वताउनुभयो ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य खकेन्द्र के.सी. ले फोटो पत्रकारितालाई आम्दानीको स्रोत बनाउन सकिने वताउनुभयोा । उहाले भन्नुभयो “फोटो पत्रकारिता केवल सेवा मात्र होइन, सही दृष्टिकोण राखेर काम गरे आम्दानीको स्रोतसमेत बन्न सक्छ।“

कार्यक्रममा फोटो पत्रकार समुहका सल्लाकार सुकदेव कसेरा, सल्यान कला साहित्य परिषदका अध्यक्ष भरत रोकाय लगायतले मन्तब्य राख्नु भएको थियो । प्रशिद्ध डाँगीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको अध्यक्षता  वामदेव केसी र सञ्चालन सचिव अमृत वुढाथोकीले गर्नुभएको हो। 

अधिवेशनमा सल्यानमा फोटो पत्रकारितामार्फत योगदान पु¥याएका पत्रकार योगराज बिक, खकेन्द्र के.सी., उत्तर कुमार साहु, प्रज्वल अधिकारी, र धुर्बराज ओलीलाई सम्मान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top