ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा हाम्रो शारदा नामक पुस्तक विमोचन, पाँच पत्रकार सम्मानित 

  सल्यान खबर डेस्क २०८१ माघ २८ गते सोमबार १९:०८:२४ मा प्रकाशित

माघ २८,सल्यान

सल्यान हाम्रो शारदा  नामक पुस्तक बिमोचन गरिएको छ । शारदा नगरपालिकाबाट प्रकाशित पुस्तकको सोमबार एक कार्यक्रमका बिच विमाचन गरिएको हो । 
आर्थिक बर्ष २०८१ मा सम्पन्न भएकाअसल अभ्यासका काम सहितको हाम्रो शारदा नामक पुस्तक बिमोचन गरेको हो ।

शारदा नगरपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा   नगरप्रमुख प्रकाश भण्डारी , उपप्रमुख सुस्मिता सापकोटा र प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले सयुक्त रुपमा पुस्तकको विमोचन गर्नु भएको हो । पुस्तकमा शारदा नगरपालिकाले गरेका असल अभ्यास, गतिविधि, नगरपालिकाद्धारा जारी गरिएका कानून आदीलाई समेटिएको छ । 

यस्तै पुस्तकमा नगरपालिकाले गरेका असल अभ्यासहरुलाई समेटेर लेख रचना लेख्ने ५ जना पत्रकारलाई सम्मान समेत गरेको छ। हाम्रो शारदा नामक पुस्तकमा लेख लेख्ने पत्रकार दीपक शर्मा, शकंर केसी, मिना बुढाथोकी , सरिता चलाउने र खकेन्द्र केसीलाई कदर पत्रसहित सम्मान गरेको छ ।  नगरप्रमुख प्रकाश भण्डारी , उपप्रमुख सुस्मिता सापकोटा र प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले सम्मान गर्नुभएको हो ।

यसैबीच शारदा नगरपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ। ७ औ रास्ट्रपति रनिङ शिल्डको अवसरमा लोगो सार्वजनिक गरेको हो । 
लोगो निर्माण गर्दा  ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवं विशिष्ट मौलिक पहिचान झल्काउने र सल्यानी खुकुरीलाई प्राथमिकता दिएर निर्माण गरिएको छ । खैराबाङ मन्दिर, शारदा नदि, अदुवा लगायत समेटेर निर्माण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top