ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको एकै विद्यालयका १७ विद्यार्थी बिरामी

  सल्यान खबर डेस्क २०८१ माघ २७ गते आइतबार २०:०३:३१ मा प्रकाशित

 माघ २७,सल्यान 
सल्यानको कुमाख गाउँपालिकाको एक आधारभुत विद्यालयमा अध्ययनरत १७ जना वालवालिका विरामी परेका छन् । कुमाख गाउँपालिका ४ मा रहेको त्रिवेणी आधारभुत विद्यालयका विद्यार्थीहरु बिरामी भएका हुन ।

 उनीहरुको रुकुम पश्चिम चौरजहारीमा रहेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । विरामी विद्यार्थीमा वान्ता हुने गरेको छ । 
 व्रेक समयमा (खाजा खाने सयम) विद्यार्थीहरुले विद्यालय नजिकैरहेको संञ्जीवनीका फलखाएर वारम्वार वान्ता आउने समस्या भएपछि आइतवार वेलुका चौरजहारी अस्पतालमा भर्नागरी उपचार विद्यालयका प्रधानध्यापक कल्पना शाहले जानकारी दिनुभयो ।

विरामी पर्ने विद्यार्थीहरु कक्षा ६ मा अध्ययनरत ३ जना र वाँकी शिशु कक्षा देखि एक, दुई, तीन, चार, का विद्यार्थीहरु रहेको शाहको भनाई छ । उहाँका अनुसार विद्यार्थीहरु मध्य एक जना साथीले यो फल खानेकुरा हो, वदाम जस्तै मिठो हुन्छ,मैले पहिले पनि खाएको छु भनेर उसले खाएसंगै अन्य विद्यार्थीहरुले पनि खाएका थिए । विद्यालय परिसरमा तारवार नहुदा व्रेकको समयमा विद्यार्थीहरुले उक्त घटना घटाएको जानकारी दिनुभयो ।

विद्यार्थीहरुले हरियो रंगको वान्ता गर्नेगरेको चिकित्सकको भनाई छ । उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चौरजहारी अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर निमरोद लिम्वुले जानकारी दिनुभयो ।
६ वर्ष देखि ११ वर्ष उमेर समुहका वालवालिकाहरु मध्य केहिमा भने वान्ता आउने लक्ष्यण नदेखिएको उहाँको भनाई छ । केही विद्यार्थीहरु उपचार पश्चात घर फर्किएको उहाँको भनाई छ । 

तस्विर : जी रेग्मीको सहयोगमा 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top