होमपेज / समाज
माघ २७,सल्यान
सल्यानमा सञ्चालन भइरहेको महोत्सवको स्टलमा आगलागी भएको छ । गएराती अकस्मात आगलागी हुँदा स्टलमा रहेका अधिकांस समान जलेर नष्ट भएका छन् ।
महोत्सव सञ्चालन भएको आठौं दिनको रातको समयमा आगलागी हुँदा ७० प्रतिशत भन्दा बढी स्टल जलेर नष्ट भएका छन् । महोत्वसमा के कति मात्रामा स्टल थिए र के कति मूल्य बराबरको क्षति भयो भन्ने विषयमा क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
महोत्सवमा राखिएका स्टल र भएका क्षति तथा आगलागीको घटनाका विषयमा अनुसन्धान साथसाथै अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । आगलागीका कारण महोत्सव पनि पूर्ण रूपमा प्रभावित भएको छ । राति ११ बजेतिर लागेको आगो स्थानीय, व्यवसायी, महोत्सव सञ्चालक तथा सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर नियन्त्रणमा लिएको उहाँको भनाई छ ।
स्टलमा सामान्य एक व्यक्तिको १० लाखदेखि ६० लाखसम्मको सामान जलेर नष्ट भएको व्यापारीहरुको भनाई छ । आगलागीबाट १२ करोड बढीको क्षति भएको अनुमान गरिएको उनीहरुको भनाई छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)





.jpg)