ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा आगलागी जोखिम न्यूनिकरणका लागि सरसफाइ अभियान

  सल्यान खबर डेस्क २०८१ माघ २२ गते मंगलबार १९:५५:५२ मा प्रकाशित

माघ २२,सल्यान
सल्यानमा वन डढेलो रोकथाम नियन्त्रण तथा ब्यवस्थापन सम्वन्धि सचेतना अभियान सुरु गरिएको छ । गर्मी समय वढे संगै जिल्लामा विभिन्न सामुदायिक वनमा आग्लागीका घटना हुन थालेकाले  डिभिजन वन कार्यालय सल्यानले सचेतना अभियान सुरु गरेको जनाएको छ । 

जिल्लामा आगलागीको जोखिमलाई कम गर्न डिभिजन वन कार्यालय सल्यानले जिल्ला प्रशासन कार्यालय सल्यान,  जिल्ला प्रहरी कार्यालय, शशस्त्र प्रहरी वल गुल्म सल्यान, स्थानीय निकायहरूको सहकार्यमा वन डढेलो रोकथाम नियन्त्रण तथा ब्यवस्थापन सम्वन्धि सचेतना अभियान सञ्चालन गरेको हो ्। आगलागीका जोखिम स्थानको पहिचाहन गरी अग्नी रेखा निर्माण, सरसफाई अभियानको कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख डिभिजनल वन अधिकृत टेकवहादुर रावलले वताउनुभयो । उहाँका अनुसार जिल्ला अस्पताल, सल्यान बहुमुखी क्याम्पस वरपर रहेका प्रज्वलनशील वस्तुहरू हटाइँदै जोखिम न्यूनीकरणको प्रयास गरिएको हो ।

सल्यानका विभिन्न स्थानमा आगलागीको जोखिम बढिरहेका बेला सक्रिय रूपमा वन डढेलो रोकथाम नियन्त्रण तथा ब्यवस्थापनको सरसफाइ अभियान थालिएको बताउनु भयो ्। पहिलो दिन क्याम्पस र अस्पताल क्षेत्र तथा वरपर रहेका झाडी, प्लास्टिकजन्य सामग्री र अन्य प्रज्वलनशील वस्तुहरू हटाइएको डिभिजन वन प्रमुख रावलले बताउनु भयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले यस क्षत्र सल्ला प्रजातिका रुखहरूले भरिएको हुँदा आगलागीको उच्च जोखिम रहेको बताउनु भयो । सुक्खायाम सुरु भएसँगै जथाभावी फालिएका फोहोर, सुक्खा पात तथा प्लास्टिकका कारण आगलागी फैलिने सम्भावना अझ बढी हुने भएकाले सरसफाइ अभियान ध्यान दिन आग्रह गर्नुभयोे ।  उहाँका अनुसार सुक्खायाम सुरु भएसँगै सल्यानमा आगलागी नियन्त्रण तथा न्यूनीकरणका लागि प्रशासनले पहल थालेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेका अनुसार आगलागी न्यूनीकरणका लागि थप सचेतना कार्यक्रम र निगरानी बढाइने छ। सुक्खायाममा आगलागीको जोखिम धेरै भएकाले यस्तो अभियान नियमित सञ्चालन गरिले बताउनु भयो । यस अभियानमा प्रहरी प्रशासन, वन कार्यालयका कर्मचारी, स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख, शिक्षक, लगायतको सहभागी रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top