ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा खोलामा डुबेर  एक जनाको मृत्यु 

  सल्यान खबर डेस्क २०८१ माघ १६ गते बुधबार १६:३७:२१ मा प्रकाशित

 माघ १६, सल्यान 

सल्यानमा खोलामा डुबेर  एक युवकको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर  ३ बाझठानाका अन्दाजी २५ वर्षीय काले पाण्डेको दार्मा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

आज  बिहान खाना खाएर कपडा धुन भनी दार्मा खोलामा गएका उनको सोही खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार  उनी केहि कपडा धोएर सुकाएको र केही कपडा धुन बाकी रहेको अवस्थामा खोलामा डुबेर मृत्यु भएको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोलामा पानीको बहाव धेरै नभएपनी युवक पानी र हिलो जमेको स्थानमा डुबेको भेटिएका हुन । 

स्थानीयका अनुसार उनी मानसिक रोगी र छारे रोग रहेको भन्ने बुझिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय दार्मा बाट प्र।ह। यज्ञ बहादुर खड्का को कमाण्डमा ३ जनाको टोली घटना सुरक्षाको लागि खटीएको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यलय थारमारे बाट प्र।नि।दाम प्रसाद श्रेष्ठ सहित ५ जनाको टोली खटीएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top