ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०८१ माघ १५ गते मंगलबार ०८:२०:५३ मा प्रकाशित

 माघ १५, सल्यान 
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ तुरतुरेका २६ बर्षिय गोपाल डाँगीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ  । 

सोमबार साझ दार्मा गाउँपालिका ४ मौलाहाल्ने बजार स्थित सडक खण्डमा रा ७ प ४५५८ नम्बको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा  डागीको मृत्यु  भएको थियो । मोटरसाइकल दुर्घटना भै १०० मिटर तल गएको र उनको शरीरको विभिन्न भागमा चाेटपटक लागेको थियो ।
दुर्घटनामा घाइते डाँगीको उपचारको क्रममा राती १० बजे जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । 
शवको जाँच प्रकृति मुचुल्का लगायत अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल 
सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top