ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भिरबाट लडेर एक महिलाको मृत्यु 

  सल्यान खबर डेस्क २०८१ माघ १३ गते आइतबार १८:२६:५५ मा प्रकाशित

 माघ १३ सल्यान 

सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको सिद्धकुमाख गाउँंपालिका वडा नम्बर २ भाङ्गचौरकी ३६ बर्षिय जानकी चलाउनेको भिर बाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

 बाख्रा गोठाला गएको समयमा  घर नजिकैको कालोभिर भन्ने स्थान बाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  सुचना अधिकारी तथा प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।  उहाँका अनुसार चलाउनेको २०० सय मिटर तल गइ घटनास्थलमै मृत्यु भएको बताउनु भयोे । चलाउनको टाउँको गहिरो चोट लागेको थियो । उनको शव जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको उहाँले बताउनु भयो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top