ट्रेण्डिङ

होमपेज / समाज

मदन भण्डारी राजमार्गको सल्यान –रोल्पाखण्ड स्तरोन्नतिको काम सुरु

  सल्यान खबर डेस्क २०८१ माघ ११ गते शुक्रबार १८:३६:२५ मा प्रकाशित

माघ ११,सल्यान 
मदन भण्डारी राजमार्गअन्तर्गत सल्यान–रोल्पसबाखण्ड स्तरोन्नतिको काम सुरु भएको छ। बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले शुक्रबार बागचौरमा सडक निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

सल्यानको बागचौर, पातिहाल्न हुदै रोल्पाको सुकाओडार, घर्तीगाउँ, माडीचौर सम्मको ५२ किलोमिटर सडक दुई लेन कटिङ सहित कालोपत्रे गरिने भएको हो ।  ४ अर्व विनियोजित बजेटमा कुमार श्रेष्ठ निर्माण सेवा प्रा।लि काठमाडौंले ३ अर्व २६ करोडमा ठेक्का लिएर काम सुरु गरेको छ।

०८४ भदौ ९ गतेसम्म काम सक्ने गरी तीन वर्षको सम्झौता गरिएको  छ ।  चार अर्ब विनियोजित बजेटमा कुमार श्रेष्ठ निर्माण सेवा प्रालि काठमाडौंले तीन अर्ब २६ करोडमा ठेक्का लिएर काम सुरु गरेको हो। सडक सामान्यतया सात–सात मिटरको चौडाइ हुने र बजार क्षेत्र तथा घुम्तीहरूमा ठाउँअनुसार त्यसभन्दा बढी चौडाइ हुन सक्ने छ।

सडक कालोपत्रे हुने भएपछि वर्षातको समयमा हिलाम्मे तथा वैशाख, जेठमा धुलो, खाल्डाखुल्डीका कारण विभिन्न किसिमका सास्ती भोग्दै आएका उक्त क्षेत्रका स्थानीय खुसी भएका छन्। माडीचौरदेखि बागचौरसम्मको ५२ किलोमिटरमा करिब एक हजार पाँच सय मिटरजति ट्रयाक ओपन गर्न बाँकी रहेको र अन्यमा डबल कटिङको काम रहेको  छ।

बजार तथा बस्ती क्षेत्रका जग्गाहरूको मुआब्जाका लागि आफूहरूले पहिले नै तथ्यांक संकलन गरिसकेको र त्यसको पनि प्रक्रिया अगाडि बढेको योजना कार्यालय सुर्खेतले जनाएको छ। एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइएको यो राजमार्गले पूर्वको झापालाई पश्चिमको डडेल्धुरासँग जोड्नेछ। सडक करिब एक हजार दुई सय किलोमिटर लामो हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top