ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा फेला परेको ग्रिनेट बम सेनाद्धारा डिस्पोज

  सल्यान खबर डेस्क २०८१ माघ ९ गते बुधबार १५:०८:५२ मा प्रकाशित

 माघ ९,सल्यान 
सल्यानको कपुरकोटमा फेला परेको ग्रिनेट बम नेपाली सेनाले डिस्पोज गरेको छ । कपुरकोट गाउँपालिका ४ किमिचौर स्थित रिपिटर टावर नजिकै ग्रिनेट बम फेला परेको थियो । 

झाडी सरसफाई गर्ने क्रममा स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको ग्रिनेट नेपाली सेनाको बम डिस्पोजल टोलीले  बुधबार बिहान डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । 

द्धन्द्धकालमा आर्माीसहितको संयुक्त सुरक्षा फौजले रिपिटर टावरको सुरक्षा गर्दै आइरहेको थियो । शोही क्रममा उत्तः ग्रिनेट छुटेको हुन सक्ने अनुमान गरिएको उहाँको भनाई छ । ग्रिनेटमा खिया लागि सकेकाले यस्तो अनुमान गरिएको बस्नेतले बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top