ट्रेण्डिङ

होमपेज / समाज

जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  सल्यान खबर २०८१ माघ ३ गते बिहीबार २०:५१:४७ मा प्रकाशित

सल्यान, ३ माघ
सल्यानका एक युवाले आफ्नो जन्मदिनलाई सामाजिक कार्यमा समर्पण गर्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। सामाजिक अभियन्ता ज्ञानेन्द्र पुनले भोज र घुमफिरजस्ता खर्च कटाएर शारदा नगरपालिका–६ स्थित शारदा आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेका हुन्।

बिहीबार आयोजित औपचारिक कार्यक्रममा १८ जना विपन्न विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, लुडो सेट, ब्याडमिन्टन सेट, र चार्ट बोर्डलगायत सामग्री प्रदान गरियो। विद्यालयका ११ छात्रा र ७ छात्रले यो सहयोग प्राप्त गरेका थिए।

विद्यालयका प्रधानाध्यापक ओमलाल बुढाथोकीले यो अनुकरणीय कार्यको प्रशंसा गर्दै बालबालिकाको पठनपाठनमा यसले महत्वपूर्ण टेवा पुर्‍याउने बताउनुभयो

सामाजिक अभियन्ता पुनले जन्मदिनको फजुल खर्चलाई शिक्षा प्रवर्द्धनमा परिवर्तन गर्ने उद्देश्यले यो पहल गरेको बताउनुभयो । शिक्षालाई मानिसको ज्योति मानेर बालबालिकालाई गुणस्तरीय शिक्षासँग जोड्न सहयोग गरिएको उहाँले बताउनुभयो

कार्यक्रममा सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकाय, एनएलजी इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहोरा, टेकमाण्ड नेटवर्क कर्णाली प्रदेश प्रमुख संगम विहानी, र अन्य सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top