ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कपुरकोटमा कृषि मिनि ल्याव तथा चिस्यान केन्द्र स्थापना

  सल्यान खबर डेस्क २०८१ पौष २८ गते आइतबार १५:१८:२४ मा प्रकाशित

पुष २८,सल्यान  
सल्यान कपुरकोटमा कृषि मिनि ल्याव तथा चिस्यान केन्द्र स्थापना गरिएको छ । शनिबार एक कार्यक्रमका बिच कृषि मिनि ल्याब तथा कृषक परामर्श सेवा केन्द्र, कोशेली घर, चिस्यान केन्द्र र ३ वटा भवन सहितका संरचनाहरुको उद्घाटन गरिएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै संघीय प्रतिनिधि सभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विकास निर्माणमा लगायतका सामाजिक कार्यमा राजनीति गर्न नहुने बताउनु भयो । कृषि मिनि ल्याब, चिस्यान केन्द्र लगायतका संरचनाले कुनै एक पार्टीका किसानलाई मात्र हित गर्ने नभई सबै पार्टीमा आस्था विचार राख्ने किसानलाई हित हुने भएकाले हरेक कार्यमा राजनीतिलाई घुसाउन नहुने तर्क गर्नु भयो । एक फरक प्रसंगमा उहाँले आफू भौतिक मन्त्री भएको समयमा राप्ती राजमार्गको स्तरोन्नतीका लागि पहल गरी बजेट बिनियोलन समेत गरेको र केही बजेट कार्यन्वयनमा आइरहेको र केही टेन्डर प्रक्रियामा रहेको बताउनु भयो । 

कर्णाली प्रदेशका पुर्व भूमि व्यवस्था, कृृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले आफ्नो कार्यकालमा कृषक र कृषिलाई लक्षित गरी कार्यक्रम गरेको र त्यस प्रकारका कार्यक्रम सफल पनि भएको दावि गर्नु भयो । आफू कृषि मन्त्री हुँदा नै कृषि उपज बजारमा नाममा १ करोड बजेट विनियोजन गरी काम समेत सम्पन्न गरेको बताउनु भयो । प्रदेश सभा सदस्य (क) बाट आफू निर्वाचित भएपनि आफूले जिल्लाका १० वटै पालिकालाई दृष्टिगत गरी योजना निर्माणमा ध्यान दिइरहेको पुर्व मन्त्री शर्माको दावी छ । १० वटै पालिकामा कुनै न कुनै योजना ल्याइरहेको उहाँको भनाई छ ।, 
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधीहरु, पत्रकारहरु, कृषकहरु लगायतका व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सवै वडाका किसानहरुले आ आफ्नो उत्पादनहरु राखेर प्रदर्सनीमा राखिएको थियो भने किसानहरुले माटोको नमुना ल्याएर कृषि मिनि ल्यावमा नमुना परिक्षण गरिएको थियो। परिक्षणमा ल्याइएका नमुनाहरुको नतिजाका आधारमा कृषि अधिकृत चिरञ्जीवी पुरी सहितका कृषि प्राविधिकहरुले कृषक परामर्श सेवा केन्द्रमा किसानहरुलाई परामर्श सेवा दिइएको थियो । साथै पशुपन्छी बिकास शाखाका प्रमुख डा बिनिता केसि सहितका प्राबिधिकहरुले किसानहरुले प्रत्येक वडावाट ल्याउनुभएका गोवरको नमुनाहरुको परिक्षण गरि नतिजाका आधारमा परामर्श दिइएको थियो । कार्यक्रममा नेपाल मगर सङ्गको पन्चेबाजा नाच र दानबाङ को पैसेरु नाच प्रदर्शन गरिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top