ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०८१ पौष २४ गते बुधबार ११:५१:५३ मा प्रकाशित

पुष २४,सल्यान 
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान छत्रेश्वरी गाउँपालिका १ भालुमारेदेखि  मयानी जाँदै गरेको लु प्र ०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो । 

दूर्घटनामा छत्रेश्वरी गाउँपालिका १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनु भयो । भालुमारेबाट कम्पोष्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उहाँको भनाई छ । ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको बस्नेतले बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top