होमपेज / समाज
पुस १४, सल्यान । सल्यान सुनचाँदी व्यवसायी समितिको ५ औं अधिबेशनबाट अध्यक्षमा रमेश सुनार सर्बसम्मत निर्वाचित भएका छन् ।
शनिबार श्रीनगरमा सम्पन्न सल्यान सुनचाँदी व्यवसायी समितिको ५औं अधिबेशनमा उपस्थित भएका ६० जना सदस्यहरुबाट सर्बसम्मत रूपमा अध्यक्षमा रमेश सुनार, बरिस्ठ उपाध्यक्षमा मोहनलाल सुनार, प्रथम-उपाध्यक्षमा स्यामलाल सुनार, द्वितीय-उपाध्यक्षमा बिजय सुनार, महासचिवमा सबिन सुनार, सचिबमा सुमन बिक, कोषाध्यक्षमा होते सुनार, बरिस्ठ सदस्यमा खिम बहादुर सुनार निर्वाचित भएका हुन । त्यस्तै सदस्यहरुमा भिम बहादुर महर, राजेश सुनार, अर्जुन सुनार, सुमन बिक, संजिब बिक, टिके सुनार, हरिनारायण बिक, यादव सुनार र किरण बिक गरि १७ जना सर्बसम्मत निर्वाचित भएका छन ।
सल्यान सुनचाँदी व्यवसायी समितिको बिधान अनुसार निर्वाचित कार्यसमिति १७ जनाको हुने व्यवस्था रहेको र १ जना सदस्यलाई अध्यक्षले मनोनीत गर्ने र १ जना सदस्यलाई कार्यसमितिले मनोनीत गरि जम्मा १९ जनाको कार्यसमिति हुने ब्यहोरा निर्वाचन समितिका संयोजक वीर बहादुर सेजवालले जानकारी दिएका छन।