ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ‘म’ अशल चालकको प्रतिवद्धता

  सल्यान खबर २०८१ मंसिर १९ गते बुधबार १५:१६:३५ मा प्रकाशित

मंसिर १९,सल्यान  
दुर्घटना न्युनीकरणका लागि सल्यानमा ट्राफिक प्रहरीले ‘म’ अशल चालकको प्रतिवद्धता  सञ्चालन गरेको छ । ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सयुक्त पहलमा प्रतिवद्धता कार्यक्रम सुरु भएको हो । 

म सवारी दुघर्टना गर्दिन, सवारी साधन सावधानीपूर्वक चलाउने, सवारी साधन चलाउँदा प्रत्येक घुम्ती र मोडमा घर परिवारलाई सम्झने, मादक पदार्थ र लागु पदाथर्ग सेवन गरी कहिले पनि सवारी साधन नचलाउने, सवारी दुर्घटना न्युनिकरणको भरपर्दो माध्यमको सेतु बन्ने, सवार यात्रुलाई सुरक्षितका साथ गन्तव्यमा पु¥याउने, र ट्राफिक नियमको पूर्ण रुपमा पालन गर्छु भन्ने सात बुँदामा ४० भन्दा बढी चालकहरुले प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । 

सवारी दुर्घटना न्यूनिकरणमा म अशल चालक अभियानले सहयोग पुग्ने विश्वास लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख नरेन्द्र शाहीले जानकारी दिनु भयो । सार्वजनिक सवारी साधन प्रभावकारी बनाउन यातायात व्यवसायी र सञ्चालकको पनि प्रमुख भूमिका रहने उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top