ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा सडक बाटोमा पशुपंक्षी छोड्न प्रतिवन्ध

  सल्यान खबर डेस्क २०८१ मंसिर १६ गते आइतबार १८:२०:२२ मा प्रकाशित

मंसिर १६,सल्यान 
सल्यानको शारदा नगरपालिकाले सडक बाटोमा पशुपंक्षी छोड्न प्रतिवन्ध लगाएको छ । दुर्घटनाको जोखिम बढेको भन्दै पालिकाले हाँस, कुखुरा, गाई भैसी, लगायतका पशुपंक्षी छोडन प्रतिवन्ध लगाएको हो । 

सार्वजनिक स्थलमा पशुपंक्षी नछोड्न  माइकिङ गरी जानकारी गराउँदा समेत सडकमा पशुपंक्षी सडक बाटोमा देखिएको भन्दै नगर प्रहरीले सल्यान श्रीनगरबाट आइतबार ११ वटा हाँस नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो १ बजेसम्म हाँस धनी नगरपालिकामा आइ तोकिएको जरिवाना तिरेर हाँस लैजान समेत आग्रह गरेको छ । यदि नियन्त्रणमा लिएका हाँस लिन कोही नआएको खण्डमा लिलाम प्रक्रिया अघि बढाइने शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनु भयो । नगरपालिकाले भदौ ३० गतेदेखि नियमित रुपमा सार्वजनिक स्थानमा पशुपंक्षी नछोड्न सूचना प्रशारण गर्दै आइरहेको उहाँको भनाई छ । 

शहर बजारका जुनसुकै सडकमा छाडा छोडिएका चौपायाहरु गाई, बाख्रा, कुखुरा, हाँस लगायत दुर्घटनाको कारण बन्न पुगेको छ । सडक दुर्घटनाबाट पशुपंक्षी मरे पशुपंक्षी धनीको बार्गेनिङ अझ डरलाग्दो रहदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top