होमपेज / समाज
कात्तिक १५,सल्यान
सल्यानमा नेपाली सेनाका एक सय ३ जना सिपाहीहरू दीक्षित बनेका छन् । श्री सिद्धि बक्स गण सिमखर्कमा सैन्य आधार तालिममा प्रशिक्षणरत १ सय ३ जना जना नेपाली सेनाका सिपाही दीक्षित भएका हुन ।
गत पुस बाट सञ्चालन भएको सैन्य आधारभूत तालिम ९ महिना पश्चात् आज भव्य समारोहका बिच प्रशिक्षणरत १ सय ३ जनाले सिपाही दर्जामा प्रवेश गरेको प्रमुख सेनानी कृष्णचन्द्र ठकुल्लाले जानकारी दिनुभयो । उहाँका अनुसार दीक्षान्त समारोह पश्चात् उनीहरू नेपाली सेनामा रहेको विभिन्न युनिट–फर्मेशनको रिक्त रहेको दरबन्दीमा नियुक्ति भएका हुन् । पास आउटको समयमा तालिमरत शिक्षार्थीहरूको आफन्तलाई दीक्षान्त समारोहमा सरिक हुन निमन्त्रणा पाहुनाहरूलाई निमन्त्रणा समेत गरिएको उहाँले बताउनु भयो ।
उक्त दीक्षान्त समारोहमा विभिन्न गतिविधिहरू प्रथम हुने सैन्यहरूलाई पुरस्कार वितरण गरिएको थियो, भने तालिम अवधिभर सर्वोत्कृष्ट हुनै सैन्य ९शिक्षार्थी० लाई खुकुरी होल्डर घोषित गरी पुरस्कार वितरण गरिएको थियो ।
दीक्षान्त समारोहमा बोल्नुहुँदै प्रमुख सेनानी कृष्णचन्द्र ठकुल्लाले व्यावसायिकता र पेसागत मर्यादाभित्र रही देशको सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभयो । उहाँले नेपाली सेनाको गरिमा र स्थापनाको महत्त्व बुझेर रक्षाका लागि तयार रहनुपर्ने बताउनु भयो । दीक्षान्त समारोह स्थलमा दीक्षित भएका सिपाहीहरूका परिवार फूल मालासहित शुभकामना र बधाई दिन पुगेका थिए । समारोहमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।