होमपेज / समाज
कात्तिक १४,सल्यान
सल्यानमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ झिम्पेका २६ वर्षीय सुरेन्द्र पुन मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मगरले बन्दुक बोकी हिडि रहेको भनेर स्थानीयले खबर गरेपछि खोजतलास गर्ने क्रममा लोड गरेको अवस्थामा एकनाले बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।
फरार रहेका मगरलाई ओडारमा लुकिछिपि बसेको अवस्थामा फेला पारेको उहाँको भनाई छ । पक्राउ परेका मगरलाई सल्यान जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको खत्रीले बताउनु भयो ।