ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा गुडिरहेको फोर्स गाडीमा आगलागी

  सल्यान खबर डेस्क २०८१ कार्तिक १४ गते बुधबार १९:३२:३३ मा प्रकाशित

कात्तिक १४,सल्यान 
सल्यानमा गुडि रहेको फोर्स गाडीमा आगलागी भएको छ । जिल्लाको बागचौर नगरपालिका १ चोरखोलामा नेपालगञ्जबाट रुकुम पश्चिम चौफा जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडीमा बुधबार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

गाडीबाट धुँवा निसक्नेबित्तिकै सबै यात्रुलाई बाहिर निक्लिएकाले मानविय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । गाडीमा २९ यात्रु सवार रहेको र सबै सकुशल रहेको उहाँको भनाई छ । 

गाडीमा लागेको आगो अझै नियन्त्रणमा नआएको र नियन्त्रणको प्रयास भइरहेको खत्रीको भनाई छ ।  आगोले यात्रुको सामान जलेर नष्ट भएको समेत उहाँले बताउनु भयो । विद्युत सट भइ फोर्स गाडीमा आगो लागेको प्रहरीको अनुमान छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top