ट्रेण्डिङ

होमपेज / समाज

सल्यान ट्रक दुर्घटनाः मृतकको संख्या चार पुग्यो

  सल्यान खबर डेस्क २०८१ कार्तिक १३ गते मंगलबार ०७:५४:४० मा प्रकाशित

कात्तिक १३,सल्यान 
सल्यानमा मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा ट्रक चालक २४ वर्षीय मान बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

चालक भण्डारीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । 
सोमबार नै १४ वर्षका गोवद्र्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको थियो ।  दुई जनाको घटनास्थलमै र  एकजनाको बाटोमा मृत्यु भएको थियो । 

यस्तै दुर्घटना परी अन्य आठ जना घाइते भएका थिए । घाइते हुनेमा खुमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत र ३५ वर्षीय देव बहादुर बस्नेतको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ भने १७ वर्षीय जित सागर बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको खत्रीले बताउनु भयो । 

अन्य सहचालक १८ वर्षीय रोनक भण्डारी,२२ वर्षीय हिक्मत पुन, २९ वर्षीय शंकर खड्का र १७ वर्षीय सञ्जिव बस्नेत उपचार पश्चात डिस्चार्ज भइसकेको उहाँले बताउनु भयो । 
सल्यानको कपुरकोट गाउँपालिका ६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको  रा १२ ख २४०२  नम्बरबको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको थियो  । बाटोमा रहेको रुखलाई बचाउन लाग्दा गाडी सडकबाट १ सय ५० मिटर तल खसेको थियो । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top