ट्रेण्डिङ

होमपेज / समाज

सल्यान मिनीट्रक दुर्घटनाः मृतकको संख्या तीन पुग्यो

UPDATE

  सल्यान खबर डेस्क २०८१ कार्तिक १२ गते सोमबार १९:४७:२६ मा प्रकाशित

कात्तिक १२,सल्यान 
सल्यानमा मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । 
मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोर्वद्धन  खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षीया सिर्जना बस्नेत रहेको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको घटना स्थलमै एकजनाको बाटोमा मृत्यु भएको हो । मृत्यु हुनेमा सबै बालबालिका रहेका छन् ।

 यस्तै दुर्घटना परी अन्य ९ ना घाइते भएका छन् । घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जित साग बस्नेत, १७ वर्षीय सञ्जिव बस्नेत रहेका छन् । यस्तै २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देव बहादुर बस्नेत, २२ वर्षीय हिक्मत पुन,  मिनि ट्रक चालक २४ वर्षीय मान बहादुर भण्डारी र सहचालक १८ वर्षीय रोनक भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारको लागि सल्यान जिल्ला अस्पताल, कपुरकोट गाउँपालिकाको अस्पतालमा राखिएको छ । घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएको बताउनु भयो ।
सल्यानको कपुरकोट गाउँपालिका ६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको हो । 

मिनीट्रक सडकदेखि १ सय ५)० मिटर तल खसेको छ । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top