होमपेज / समाज
कात्तिक १२, सल्यान
सल्यानमा मिनि ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका ६ सिनवाङको देवेदेबाट धान पराल बोकेर शोही वडाको छापनेटा जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा परी कपुरकोट गाउँपालिका ६ सिनवाङकी १३ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बस्नेतलाई स्वास्थ्य चौकी कपुरकोटका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रलिे जानकारी दिनु भयो ।
दुर्घटनामा परी १४ वर्षीय गोर्वधन खड्का, १२ वर्षीय डिल्ली भण्डारी, १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जित साग बस्नेत, १७ वर्षीय सञ्जिव बस्नेत रहेका छन् । यस्तै २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देव बहादुर बस्नेत, २२ वर्षीय हिक्मत पुन, मिनि ट्रक चालक २४ वर्षीय मान बहादुर भण्डारी र सहचालक १८ वर्षीय रोनक भण्डारी घाइते भएको उहाँको भनाई छ ।
घाइते मध्ये चालक मान बहादुर, नन्दा, डिल्ली र गोवर्धनको अवस्था सिरियस रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको सल्यान जिल्ला अस्पताल, स्वास्थ्य चौकी कपुरकोट र त्रिवेणी पोलिक्लिक लुहाममो उपचार भइरहेको खत्रीले जानकारी दिनु भयो ।
ट्रक सडकबाट १ सय ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छ्रैन ।